Monday, April 20News That Matters

नेशनल लाइफको अभिकर्ताहरुलाई पुनार्ताजकी तालिम

गाईघाट/माघ,,२५
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले अभिकर्ताहरुलाई प्रोत्साहन पुर्नाताजकी तालिम गाईघाटको ड्रिमल्याण्ड होटलमा शनिवार दिएको छ ।
कम्पनीमा आबद्धभएर काम गरिरहेका पुराना तथा नायाँ अभिकर्ताहरुलाई अबको विमा योजना बारे नायाँ जानकारी सहित तालिम दिएको गाईघाटका शाखा प्रमुख प्रेममकुमार राइले बताउनुभयो । अभिकर्ता, विजनेस अफिसर, विजनेस म्यानेजर, सिनियर विजनेस अफिसरहरु सहितको उपस्थितिमा तालिम दिएको थियो ।तालिमको सहजीकरण गर्दै प्रमुख राईले विमाले सबैमा फाईदा पुराउने कुरालाई जोड गर्नुभयो । उहाँले आफु सँगै अन्यलाई पनि विमा गराउँदा विमाको फाइदै फाइदा रहेको बताउनभयो । नेपालको पुराना कम्पनीको रुपमा रहेका यस कम्पनीले अन्य विमा कम्पनीहरुको दाजोँमा निकै सेवा सुविधाहरु दिरहेको  बताउनुभयो । कम्पनीले थप विमा योजनाहरु समेत ल्याएको बताउनुभयो ।यस कम्पनीमा विदेशीको २ प्रतिश संस्थापकका ५३ प्रतिश र बाणिज्य बैङको १० प्रतिशत सहित बाँकी सर्वसाधरणहरुको लगानी रहेको छ । कार्यत्रममा उत्कृष्ट अभिकर्ता तथा लिडरहरुलाई कम्पनीको व्याग तथा टिसर्ट प्रदान गरी पुरस्कार तथा  सम्मान पनि गरिएका छ ।
कार्यक्रममा गाईघाट शाखाका पुरानो लिडर तथा बरिष्ठ व्यवसायीक प्रबन्धक श्यामचन्द्र राइ, पुरसोत्तम राजधामी, केबी ठकुरी र सारदा दनुवार सहितको उपस्थिति रहेको थियो ।