
पूर्णपुष्टि, भदौ १०
सरकारले विदेशमा अध्ययन गर्न जानेहरुका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको छ । विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ दिदै आएको छ ।
विदेश अध्ययनका लागि विद्यार्थीहरुको रोजाइमा अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, चीनलगायतका देश पर्दछन् । नो अब्जेक्सन लेटर लिनेहरुको संख्या हरेक वर्ष बढ्दो छ ।
