
फाइल तस्विर
पूर्णपुष्टि, कार्तिक १० । कोशी प्रदेश सरकारले पक्की पुल आसपासका प्रयोगविहीन झोलुङ्गे पुलहरू अन्यत्र सार्ने भएको छv। भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलो चरणमा तथ्यांक संकलन गरी आवश्यकता अनुसार पुल स्थानान्तरण गर्ने निर्णय गरेको होv।
भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार पहाडी क्षेत्रमा पहिले निर्माण भएका धेरै झोलुङ्गे पुलहरू पक्की पुल बनेपछि प्रयोगविहीन अवस्थामा छन् । यस्ता पुलहरूलाई स्थानीय सरकारसँगको सहकार्यमा स्थानान्तरण गरिने र यसका लागि सरकारले बजेट व्यवस्थापन गर्ने मन्त्री राईले बताए । मन्त्रालयले सार्नुपर्ने अवस्थाका पुलको विवरण पनि माग गरेको छ ।
