
पूर्णपुष्टि, २६ फागुन ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले केन्द्रीय सरकारलाई बिकासमा सहयोग गर्न बाराम्बार माग गरिरहेको छ । एउटै पुस्तामा समृद्ध लिम्चुङबुङ बनाउने माहाअभियान लिएर हिडेको लिम्चुङबुङ पछिल्लो समय पक्की सडक निर्माणको लागि आवाज उठाईरहेको छ । जनशक्ति तातिएपनि प्रसस्त बजेटको अभावले पालिका सम्म पक्की पुल अभियानको आवाज बाहेक अन्य हिसावले अघि बढेको छैन् ।

पालिका अध्यक्ष मेजर कुमार राईले अभियानमा सहयोग गर्न आवाज ताकेता गरिरहेको छ । उक्त क्षेत्र हुँदै खोटाङ हलेसीलाई नजिक जोड्न सकिन्छ । लिम्चुङबुङको भ्यु टावरबाट देशकै ७ ठुलो हिमालहरु हेर्न सकिन्छ । पक्कि सडकले लिम्चुङबुङ समृद्ध बनाउन ठुलो टेवा दिने भन्दै सर्व प्रथम पालिकाको पहिलो उदेश्य भनेकै पक्की सडक रहेको अध्यक्ष राईको भनाई छ । सडक पछि शिक्षा, स्वास्थ्य कृषी र पर्यटन लगायतका पूर्वधारहरुमा पनि विकास गर्न सहज हुने अध्यक्ष राईको भनाई छ । पालिकाले छिमेकी स्थानीय तह, प्रदेश सँगै केन्द्र सम्म पालिका सम्म पक्की सडकको योजना बारे जानकारी गर्दै सहयोगकको अपेक्षा गरेको छ । पालिकाले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई पत्र पठाउँदै लिम्चुङबुङको माहाअभियानमा केन्द्र सरकारले सहयोग पुराउन अनुरोध समेत गरेको छ । मदन भण्डारी राजमार्गको सोलमारी चोकदेखी मुर्कुची – पुवाँरे– डिल्लीबर–भालेवास हुँदै माझखर्क–लिम्चुङबुङ – होलोसुङ – जनकराज राई मार्ग र हेलसी पर्यटन पक्की सडकको माग राखिएको पत्रमा उल्लेख गरिएको छ ।
