Thursday, May 21News That Matters

गाईघाटबाट एक हप्तादेखी बेपत्ता बालिका शकुसल फेला

पूर्णपुष्टि, २६ माघ ।
गाईघाटबाट एक हप्तादेखी बेपत्ता एक बालिका शकुसल फेला परेकी छिन् । त्रियुगा नगरपालिका ११ संगमटोलमा बसोवास गर्दै आएकी रौतामाई गाउँपालिका ५ घुम्ने फोक्सिन्टारकी १४ बर्षिया प्रेरणा राई (जेनिसा) बहिबार साँझ फेला परेको परिवारले जनाएको छ । जेनिसाकी बुबा पुनम राई (कुन्ती कुमार) का अनुसार छोरी साँझ सम्पर्कमा आएको बताईन् ।

छोरी हराएपछि परिवार एक हप्तादेखी खोजतलासमा थिए । फेला नपरेपछि परिवारले प्रहरीमा खोजी गरिदिनको लागि निवेदन समेत दिएका थिए । निवेदन सँगै पूर्णपुष्टि अनलाईनमा समचार प्रकाशन तथा सूचना प्रकाशन गरेका थिए । समचार तथा सूचना प्रकाशन गरेको करिब ३ घण्टा पछि छोरी सम्पर्कमा आएको बुबा पुनमले जानकारी गराएका थिए । छोरी गाईघाट स्थित पिजी चोक साईड साथीकोमा बस्दै आएको परिवारको भनाई छ । समचार फैलिएसँगै उनिलाई सजग गराई घर पठाईएका थिए ।