
पूर्णपुष्टि, २५ माघ ।
गाईघाटबाट एक बालिका गत शुक्रबारदेखी बेपत्ता भएकी छिन् । रौतामाई गाउँपालिका वडा नं ५ घुम्ने फोक्सिन्टार स्थाई घर भई हाल त्रियुगा नगरपालिका वडा नं ११ स्थित गाईघाट संगम टोल बसोवास गर्दै आएकी पूनम राई (कुन्ती कुमार) राईको १४ बर्षिया प्रेरणा राई (जेनिसा) एक हप्तादेखी बेपत्ता भएकी हुन् । जेनिसा गाईघाटकै त्रियुगा नमुना मावि कक्षा ७ मा अध्यानरत थिईन् । उनि गत शुक्रबारदेखी आफु बस्ने कोठाबाटै बेपत्ता भएको परिवारले जनाएको छ ।

जेनिसाको बुबा कुन्ती कुमार राई (पुनम) का अनुसार छोरी भान्जी कृस्चिना राई सँगै गाईघाट बस्दै आएकी थिईन । तर भान्जी कृस्चिना पाहाड बिबाह खान गएको मौका पारी छोरी बेपत्ता भएको बुबाको भनाई छ । परिवारले छोरी हराएको भन्दै प्रहरीमा समेत निवेदन दिएको छ । परिवारले तिव्र गतिमा छोरी खोजिरहेको भएपनि अहिले सम्म फेला पर्न सकेको छ । सबै क्षेत्रबाट छोरी खोजिदिन आह्वान परिवार पक्षले गरेको छ । छोरीहराएपछि भोक न तिर्खा भएको आमा वुवाले सबै सामु छोरी फेला पार्न मदत गरिदिन अनुरोध गरेको हो । छोरी कतै फेला परिहालेमा नजिकैको प्रहरी चौकी वा ९८६०४६२५३७ मा सम्पर्क गरिदिन अनुरोध गरेको हो । छोरी अचानक कसरी किन बेपत्ता भएको भन्ने बारे परिवारले पत्ता लगाउन सकेको छैन् ।

