
पूर्णपुष्टि, ७ असार ।
पत्रकार अजय शाहको पिताको स्मृतिमा परिवारले अक्षय कोष खडा गर्ने भएको छ । ३० बर्ष पुरानो भाडा व्यपारी शाहको पिता जिबछ शाहका ७४ बर्षको उमेरमा असार १ गते आईतबारका दिन निधन भएको थियो । शाहको परिवारले पिताको स्मृतिमा बालवालिकाको शिक्षाको लागि १ लाख ११ हजार १०१ रुपयाँ अक्ष्या कोष खडा नर्गे घोषणा गरेको हो ।
उक्त रकमले विपन्न वालवालिकाहरुलाई शिक्षामा सहयोग पुराउने बताईएको छ । शनिवार पत्रकार महासंघ उदयपुरको पत्रकारहरु श्रदान्जली व्यक्त गर्न शाहको घर पुगेका थिए । महासंघले आफ्नो सदस्यको परिवारमा कुनै पनि व्यक्तिको मृत्यु भएमा १० हजार आर्थिक सहयोग गर्ने नियम र निर्णय गरेको छ । सोही अनुसार साहको परिवारलाई पनि १० हजार आर्थिक सयोग गरेको छ । उक्त सहयोग रकम पनि सोही अक्षय कोष निर्माणमा लगाउने परिवारले जनाएको छ ।
