
पूर्णपुष्टि, माघ ५ ।
जनपक्षीय एजेण्डासहित पशु स्वास्थ्य तथा पशु सेवा ब्यवसायी परिषदको आगामी माघ १८ गते हुने निर्वाचनमा कोशी प्रदेश सदस्यको उम्मेदवार बनेका चुडामणि थापाले जितको दावी गरेका छन् । पूर्णपुष्टि संवादमा थापाले आप्mना ठोस योजना र एजेण्डाहरु जितको आधार रहेको बताएका छन् । त्रियुगा नगरपालिकाको पशु सेवा शाखामा कार्यरत पशु स्वास्थ्य प्राविधिक थापाले गत पुस ११ गते परिषदको केन्द्रीय कार्यालय काठमाडौंमा उम्मेदवारी दर्ता गराएका थिए ।
ओझेलमा रहेको पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र पशु स्वास्थ्य प्राविधिकहरुको हकहितका लागि लड्न उम्मेदवारी दिएको र जितेको खण्डमा ती कुराहरु पुरा गर्ने उनको प्रतिबद्धता छ । हाल उनी मतदातासंग नियमित सम्पर्क र समन्वय गर्दै मत माग्ने काममा ब्यस्त छन् । यसै सिलसिलामा पूर्णपुष्टि मिडियासंग संवाद गरिएको हो । संवादको पुरा अंश यस मिडियाको अफिसियल युट्युब च्यानल Purnapusti TV, अफिसियल फेसबुक पेज “Purnapusti.com” र अफिसियल फेसबुक “पूर्णपुष्टि खबर” मा हेर्न सकिनेछ ।
भिडियाे लिक – https://youtu.be/m5nRoF6lsW4?t=4