Wednesday, June 10News That Matters

पहिचान पक्षधरलाई वार्ताका लागि कोशी प्रदेश सरकारको पत्र

पुर्णपुष्टि जेष्ठ २९ । कोशी प्रदेश सरकारले पहिचान पक्षधरलाई पत्र पठाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई वार्ताका लागी पत्र पठाएको हो ।

पहिचान पक्षधरले संघर्ष समितिको नाममा पत्र पठाए वार्तामा बस्ने बताउँदै आएका थिए भने सोमबार प्रदेश सरकारले समितिको नाममा पत्र पठाएर वार्तामा बोलाएको हो ।

गत फागुन १७ गते प्रदेश सभाबाट दुई तिहाई मतका साथ मुख्यमन्त्री हिक्मत कार्कीले १ नम्बर प्रदेशको नाम कोशी राखेका थिए । प्रदेश नाम कोशी नामकरण भएपछि आन्दोलित बनेका पहिचान पक्षधहरुले पहिचानको आधारमा पुन नामाकरण गर्नु पर्ने माग राख्दै आएका थिए । असन्तुष्टि जनाउँदै आएका पहिचान पक्षधरसँग वार्ता गर्नका लागी सरकारले मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तिन सदस्यीय समिति गठन गरेको छ ।