Friday, February 14News That Matters

पहिरोमा परेर ६ जनाको मृत्यु, २ अझै बेपत्ता

पूर्णपुष्टि, भदौ १८

पहिरोमा परेर छ जनाको ज्यान गएको छ, भने दुईजना अझै बेपत्ता छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको ज्यान गएको छ भने, दु्ई जना हराइरहेका छन् ।

पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।