धरानमा पहिरोले बेपत्ता भएको दुई बच्चा मृत फेला

पूर्णपुष्टि, कार्तिक २

धरानमा पहिरोले बेपत्ता भएको दिदिभाई मृत अवस्थामा फेला परेको छ । आज परेको अबिरल बर्षाको कारण घर पुरिदा दुई  बच्चा बेपत्ता भएको थियो । उनिहरु एक परिवारका दिदिभाई हुन् । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् ।

आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो ।

उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: