
पूर्णपुष्टि, माघ २०
पाँचथरमा चौंरी गोठ जाँदा लेक लागेर एक युवाको ज्यान गएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–५ को टुनीबोटेका ३१ वर्षीय विशाल मगरको लेक लागेर ज्यान गएको हो ।
बुधबार राति साढे १२ बजेतिर विशालसहित उनका भाइ विक्रम सोही गाउँपालिकाको आहालेस्थिति चौंरी गोठ गएका थिए । हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेपछि हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजेतिर प्रहरी चोकी प्राङ्बुङबाट प्रहरी टोली पुग्दा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

