
पूर्णपुष्टि, भदै १८
मोरङ धनपालथान गाऊपालिका ७ कदमाहा का ३२ बर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
आज दिउसो पौने ११ बजे घर देखी ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा उनको डुबी मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
