
पूर्णपुष्टि, जेष्ठ १६
मोरङमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ । सुनवर्षी नगरपालिका–४ स्थित जागीटोल बस्ने बल बहादुर ताजपुरीयाको ८ वर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर ज्यान गएको हो ।
शनिबार बेलुका सँवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको आमाले देखेपछि तत्काल पानीबाट निकालेर घर ल्याउने क्रममा उक्त बालिकाको ज्यान गएको थियो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
