
पूर्णपुष्टि, साउन २८
पानी पर्ने क्रम नरोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तर पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको जनाईएको छ ।
आज बाग्मती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका एक(दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको महाशाखाले जनाएको छ ।
नेपालमा पानी पार्ने मनसुनी न्युन चापीय रेखा नेपाल नजिकै रहेकाले आज दिउँसो प्रदेश ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।
यस्तै राति बाग्मती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई ठाउँमा ठूलो र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यसैबीच बाँकेको डुबान भैरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म नै सतर्क हुन बाढी महाशाखाले अनुरोध गरेको छ ।
