Wednesday, June 17News That Matters

पिकअप दुर्घटनामा चालकको मृत्यु

पाँचथर, चैत्र ६ गते ।

पाँचथरको फिदिममा पिकअप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । फिदिम नगरपालिका–११ तृतियामा पिकअप दुर्घटना हुदा चालक बलबहादुर राईको मृत्यु भएको हो भने ६ जना घाईते भएका छन् ।

फिदिम फालोट सडक खण्डमा फिदिमबाट नागिन तर्फ जाँदै गरेको मे १ ज ३०६८ नम्बरको पिकअप आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक फिदिम–१३ निबासी ३५ बर्षीय राईको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा घाईते भएका अन्य ६ जनाको जिल्ला अस्पताल तथा नागिन स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले छ ।