पिङ हाल्ने क्रममा लडेर एकको ज्यान गयो

पूर्णपुष्टि, असोज २७
दशैंको रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर मकवानपुरमा एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–६ मान्डुमा लिंगेपिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको अकालमै ज्यान गएको हो ।

पिङ हाल्ने क्रममा लडेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पिङको लठ्ठा बाँध्ने क्रममा लामा खसेका थिए । लडेर गम्भीर घाइते भएका लामालाई हेटौंडा अस्पतालमा लगिएता पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: