Thursday, April 30News That Matters

पुष १ देखी ८ सम्म गाईघाटमा तेस्रो खानापरिकार मेला हुने

पूर्णपुष्टि, ६ मंसिर ।
झिँगु नेवा पुँच उदयपुरले प्रत्येक दुई बर्षमा गर्दै आएको खाना परिकार मेला पुष १ देखी सुरु हुने भएको छ । मेला बारे बिहिबार पत्रकार सम्मेलन गराउँदै तेस्रो खाना परिकार मेला बारे आयोजक झिँगु नेवा पुँचले जानकारी गराएको छ । “कला, संस्कृति, संरक्षण आन्तिरिक पर्यटन प्रवद्र्धन, पहुँच पहिचान र परिकार स्वरोजगार समृद्धिको मुल आधार” भन्ने नारा सहित मेला आयोजना गर्न लागिएको हो ।

मेलामा बिबिन्न आदिवासी जनजातिहरुको खाना परिकार प्रदर्शन तथा बिक्रि वितरण सँगै सांस्कृतिक कार्यक्रमहरु झाँकी प्रदर्शन पनि गरिने छ । जस्मा लाखे जात्रा, साकेला, हुर्रा लगायतको जातिय सांस्कृति झाँकी पनि प्रदर्शन र नृत्यु प्रतियोगिता समेत हुने छ । मेलाकै अअसरमा छमछमी सिजन ४ पनि जोडेर नृत्यु प्रतियोगिता समेत गरिने आयोजकले जनाए । गाईघाट स्थित पिपलचोक देखी ट्राफिक चोक सम्म मेलाको लागि स्थान तयारी गरिएको छ । सामूहिक प्रतिबद्धता र सहकार्यको थालली, लोक संस्कृतिको जगेर्ना, होमस्टेको अवधारणा अनुसार संस्कृतिक तथा धार्मिक सद्भाव जस्ता कुरालाई अघि बढाउने उदेश्य सहित मेलाको आयोजना हुने छ । मेला संञ्चालनको लागि २१ लाख बराबरको खर्च अनुमान गरिएको छ ।