Thursday, April 30News That Matters

सम्पन्न भयो कर सप्ताह, उत्कृष्ट कर्मचारी पुरस्कृत, व्यवसायी सम्मानित

पूर्णपुष्टि, ६ मंसिर ।
उदयपुरमा मंसिर १ गतेबाट सुरु भएको देशव्यापी कर सप्ताह गाईघाटमा सम्पन्न भएको छ । करदता सेवा कार्यालय गाईघाटले १३ औँ राष्ट्रिय कर दिवसको अवसरमा गाईघाट लगायत उदयपुरको बिभिन्न शहरमा एक हप्ते कर सप्ताह कार्यक्रम संञ्चालन गरिएको थियो । करदाता सेवा कार्यालय गाईघाटका सूचना अधिकारी रेख मगरका अनुसार विविध कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया सँगै १३ औँ कर दिवस बिहिबार भव्य रुपमा सम्पन्न गरिएको हो । कर सम्बन्धी अन्तरक्रिया, विद्यार्थीहरुलाई कर शिक्षा, प्रभातफेरी र्याली, व्यवसायी जनप्रतिनिधि तथा सुरक्षा निकायहरु सित कर सम्बन्धित अन्तरक्रिया र खेलकुद लगायत महत्वपूर्ण कार्यक्रमहरु सप्ताहमा गरिएका थिए ।

सोहि दिवसको अवसर पारी नियमित र इमान्दारी कर तिर्ने व्यवसायीलाई उत्कृष्ट व्यवसायीलाई सम्मान पनि गरिएको छ । कटारीका व्यवसायी नेपाल माईनिङ एण्ड कन्ट्रकसनका संञ्चालक समेत रहेका प्रयास कार्कीलाई करदाता सेवा कार्यालय गाईघाटले सम्मान पत्र सहित सम्मान गरेको हो । कार्की जिल्लामा बढी राजश्व तिर्ने व्यक्ति समेत हुन । उनले सरकारलाई राजश्व बुझाउँदा समयको ख्याल गर्ने, कानुन अनुसार कर तिर्ने, इमान्दारीको पालना गर्ने र कर तिर्ता उत्साहित हुने भन्दै सम्मान गरिएको मगरको भनाई छ । कार्की सँगै कार्यालयकै कर्मचारी कमप्युटर अपरेटर मदन दाहाल पनि पुरस्कृत भएको छ । उनलाई कार्यसम्पादनको उत्कृष्टताको आधारमा कार्यालयले नगद सहित पुरस्कृत गरेको हो ।

समापन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रहरी प्रमुख हरिहरनाथ योगी लगायत व्यवसायी, कर्मचारी र विद्यार्थीहरुको समेत उपस्थित रहेको थियो । कर सप्ताहले कर तिर्ने आम जनताहरुलाई सचेत गराउने र कर तिर्नका लागि बाधा अड्चनहरुलाई सिकाउने, कर तिर्न उत्साहित बनाउने जस्ता कामहरुमा सहयोग पुराएको सूचना अधिकारी मगरको भनाई छ ।