पुष २२ गते तोकिएको संसद बैठक स्थगित

पूर्णपुष्टि, पुष २१
पुष २२ गते तोकिएको प्रतिनिधिसभाको संसद बैठक स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुष २८ गते बस्ने गरी विहीबारका लागि निर्धारित बैठक स्थगित गरेको हो ।
पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । संसद सचिवालयका एक अधिकारीका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुष २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठकपछि सार्न माग गरेको थियो ।
यसअघि पुष १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुष २२ गतेका लागि बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: