Wednesday, May 20News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-12

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ९२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

-*-

दाङमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै दाङमा संक्रमितको संख्या ४ सय ५५ पुगेको छ ।

-*-

आज १ न। प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि । यो सँगै १ न। प्रदेशमा संक्रमितको संख्या ५ सय ३ जना पुगेको छ ।

-*-

नेपालमा आज थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

-*-

आज उदयपुरको थप ४ जना उपचारपछि निको भएर डिस्चार्ज । यो सँगै १ न. प्रदेशमा निको हुनेको संख्या ३ सय ५५ पुगेको छ ।

-*-

आज १ न। प्रदेशमा थप ७० जना उपचारपछि निको । यो सँगै १ न. प्रदेशमा निको हुनेको संख्या ३ सय ५५ पुगेको छ ।

-*-

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

-*-

पछिल्लो २४ घण्टामा भारतमा १७ हजार २ सय ९६ जनामा संक्रमित पुष्टि । योसँगै भारतमा संक्रमितको संख्या ४ लाख ९० हजार ४ सय १ पुगेको हो ।

-*-

आज विभिन्न देशबाट एक हजार ३ जना नेपाली नेपाल फर्किएका छन् भने सँगै जहाजले १६ वटा शव पनि ल्याएको छ ।

-*-

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी रंगेहात पक्राउ । जिप्रका कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालयविक्रम विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले ५० हजार घुससहित पक्राउ गरेको हो ।

-*-

नेपालको जनसंख्या ३ करोड नाघे । पछिल्लो विवरण अनुसार नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

-*-

नेपालमा पहिलो पटक सरकारले बालबालिकालाई झाडापखाला विरुद्धको खोप दिने । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि ५ वर्षमुनिका बालबालिकालाई झाडापखाला रोक्ने खोप ‘रोटारिक्स’ दिने भएको हो ।

-*-

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी असार २२ र २३ गते संचालन हुने भएको छ ।

-*-

काभ्रेमा हतियारधारी समूहसँग स्थानीय विच झडप हुदा ५ जना घाईते । रोशी गाउँपालिकामा बोधिचित्त लुटपाट गर्न गएका समूहसँग झडप हुँदा ५ जना स्थानीयबासिन्दा सामान्य घाइते भएका काभ्रे प्रहरीले जनाएको छ ।

-*-

पहिरोले अवरुद्ध भएको काठमाण्डौ–हेटौँडा सडक एक तर्फी खुले । पहिरो हटाएपछि काठमाण्डौँबाट कुलेखानी हुँदै हेटौंडा जोड्ने सडकमा एकतर्फी रुपमा गाडी चलेको हो ।

-*-

बागलुङको एक वडाका वडाध्यक्ष गाँजासहित पक्राउ । निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेको हो ।

-*-

अझै तीन दिनसम्म देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

-*-

अब सिमकार्ड लिन सक्कल परिचयपत्रसहित स्वयम आफैं उपस्थित हुनपर्ने भएको  छ ।

-*-

जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा दाङमा ५ जना विरामी परेका छन् ।

-*-

मोरङको बिराटनगर महानगरपालिका–१८ आईसीपी भवन अगाडीको खाली खेतको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको छ ।

-*-

मोरङको बिराटनगर महानगरपालिका–१५ रानीबाट २ लाख भारतिय रुपैयाँ सहित १ महिला पक्राउ परेकी छन् ।

-*-

मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ ।

-*-

अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा सन् २०२३ मा हुने महिला फुटबल विश्व कपको आयोजना गर्ने भएका छन् ।

-*-

इंग्लिस प्रिमियर लिगको  उपाधि लिभरपुलले हात पारे । गतराति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २ –१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।