
भदौ १८ गते ।
प्रहरीले गोली हानेर वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिक–(१६ इनर्वा स्थानीय ठेगाना बताउने २६ वर्षीय सन्तोष दासलाई पक्राउ गरेको हो ।
पक्राउ परेको दासको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । गतराति वीरगञ्ज महानगरपालिका–१३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भागेका दासको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ भने उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दास पहिला पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको खुलेको छ भने एक मुद्दामा करिब १० वर्ष जेल सजायँ भोगेकोसमेत खुलेको प्रहरीले जनाएको छ ।
