
पूर्णपुष्टि, फागुन ३० ।
पोयट आईडलमा गाउँले कविता सुनाएर मन जित्दै गरेका उदयपुरका पत्रकार ऋषिबहादुर राई उदयपुरको कटारीमा रहेर एकदशकबढी पत्रकारिता गरिरहेका ऋषिबहादुर राई अहिले कविताको रियालिटी शो दि पोयट आईडलको सिजन २ मा प्रतिष्पर्धिका रुपमा कविता सुनाईरहेका छन् ।
मंगलबार साँझ ९देखि १० बजे सम्म प्रशारित शो को १२ औं अंक पश्चात राई उत्कृष्ट ११ मा पुगेका छन् । आगामी अंकमा ग्रुप बीबाट एकजना भोटको नतिजा मार्फत आउट हुने भएकाले ग्रुप ए मा रहेका राईले अव उत्कृट १० बाट आठका लागि आगामी सोमबार र मंगलबार कविता प्रस्तुत गर्नेछन् । नेपाल पत्रकार महासंघ शाखा उदयपुरको सह सचिव समेत रहेका राईले पत्रकारितासँगै नेपाली साहित्यमा कविता , लघुकथा , संस्मरण , गजल , गीत , वालकथा , वालकविताहरु लेख्दै आएका छन् ।
पोयट आईडल मार्फत नेपाली समाजमा रहेका परिस्थितिहरुलाई कविताको माध्यमबाट जस्ताको त्यस्तै उतार्नु राईको विशेषता हो । ‘समाजमा देखिएका थुप्रै अप्ठ्यारा परिस्थितिहरुलाई कविता मार्फत प्रस्तुत गरिरहेको छु ।’राईले भने ,‘गाउँको कथा कविता मार्फत प्रस्तुत गरेर सवैलाई पुराउनुपर्छ भन्ने लागेर यो प्लेटफर्म रोजेको हुँ ।’ साप्ताहिक , दैनिक , पत्रिकासँगै टेलिभिजन , रेडियो पत्रकारितादेखि डिजिटल पत्रकारिताम्म नियमित गरिहेका राईको कवितामा नेपाली परिवेश प्रष्ट देखिन्छ । उदयपुरका गीतकार तथा साहित्यकार विष्णुमुरी भन्छन् , ‘राईको कवितामा आर्गनिक माटो वोल्छ , पहरा , कन्दरा सुसेल्छ , चराचुरुङ्गी खुसीले नाच्छन् , सुन्दा रौं ठाडा हुन्छन् श्वास रोकिन्छ , ’मुरीले थपे ,‘विसंगति , विकृति विरुद्ध धावा वोल्छ , मायालु उदगार कल्कलाउँछ , जीवन्त शब्दहरु भेटिन्छन् ।’ सबैले वुझ्ने सरल कविता लेखन राईको विशेषता हो । पत्रकारितामा समेत ईमानदारिता कायम गर्दै अघि बढेका राई कुशल लेखक , साहित्यकार समेत हुन् । रेडियो पत्रकारिता मार्फत आवाजबाट समेत परिचय बनाईसकेका कवि राई अहिले दि पोयट आईडलमा गाउँका कविता सुनाईरहेका छन् ।
यो कार्यक्रम हिमालयन टिभीमा प्रत्येक सोमबार र मंगलबार राति ९ बजेदेखि १० बजेसम्म र ओएसआरको युट्युवमार्फत प्रत्येक सोमबार र मंगलबार राति ९बजेर २० मिनेटपछी प्रशारणहुँदै आएको छ । राई डिजिटल , फिजिकल उत्कृष्ट चौधहुँदै प्रतिष्पर्धा गरिरहेका छन् । राईको कविता विशेष गरी गाउँमा रुचाईएका छन् । गाउँले परिवेशलाई टपक्कै टिपेर प्रस्तुत गर्ने कविले कार्यक्रमको विषयवस्तुमाथि गाउँले जीवनलाई प्रस्तुत गरिहेका छन् । उनको रुद्रेम्पा र उसको हाँसो , तीन सरकारलाई आग्रह , फरेन दाजु तँ विदेश नजा , तिमि मेरो साथी मात्रै भयौ, शिर्षकको कार्यक्रममा प्रशारित कविताहरु रुचाईएको छ । यस अघि कान्तिपुरको कोशेलीमा ८ वर्ष अघि प्रकाशित , अनि म कार्गिल गईन शिर्षकको संस्मरण पाठकहरुले रुचाएका थिए । एकदशकदेखि राईको रचनाहरु नेपाली साहित्यको मधुपर्क , मुना , कान्तिपुरको कोपिला लगायतका थुप्रै पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् । उनको सिर्जनाहरु थुप्रै सामुहिक कृतिहरुमा समेत प्रकाशित छन् । उनको सिर्जनाहरुलाई मूल्याकंन गर्ने जिम्मा दर्शक , पाठक र स्रोताहरुलाई दिएको राई बताउँछन् । उनले लामो समय कटारीबाट संञ्चालित रेडियोमा साहित्यिक कार्यक्रम समेत संञ्चालन गरेका थिए ।