Tuesday, June 2News That Matters

पौडि खेल्ने क्रममा बेपत्ता भएका उदयपुरे तामाङको शव फेला

पूर्णपुष्टि, माघ २५

पौडि खेल्ने क्रममा बेपता भएका उदयपुर कटारी नगरपालिका ४ का २७ बर्षीय रबिन तामाङको हिजो बेलुका ३ बजे शब फेला परेको छ । तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाऊपालिका ४ खांसाङ स्थित सुनकोशी नदिमा पौडि खेल्ने क्रममा बेपत्ता भएका थिए ।

खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट अन्दाजी १६ कि.मि.दक्षिण उदयपुर कटारी नगरपालिका १४ सुनकोशी नदिको किनारमा तामाङको लाश फेला परेको छ । कानुनि प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।