Tuesday, June 2News That Matters

विराटनगरको मुसहर वस्तीमा रोजिहिरा फाउन्डेशनकाे श्रमदान

पूर्णपुष्टि (बिराटनगर), माघ २४  । बेलायतस्थित समाजसेवी दम्पति रोजिना प्रधान राई तथा हिराधन राईको रोजीहिरा फाउन्डेसनले विराटनगरकाे मुसहर वस्तीमा श्रमदान गरेको छ ।

फाउण्डेशनले वसन्त पञ्चमी अर्थात सरस्वती पूजाका दिन आइतबार प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस्ती निर्माणकालागि श्रमदान थालनी गरेको हो । सो क्षेत्रमा विपन्न मुसहर समुदायका लागि १४५ घर निर्माण कार्य शुरु भएको छ । आजबाट सुरुवात गरिएको उक्त श्रमदान अभियानमा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की समेत खटिएका थिए ।

गास, बास र कपासबाट वञ्चित भूमिहीन मुसहर परिवारलाई जमिनको मालिक बनाएर सुन्दर वस्तीमा राख्ने अभियानमा स्वच्छाले एउटा उत्कृष्ट मानवीय कार्य गर्ने मौका मिलेकामा 
रोजीहिरा फाउन्डेसनकी अध्यक्ष रोजिनाप्रधान राईले मन्त्री कार्कीप्रति आभार व्यक्त गरिन

मुसहर बस्तीकालागि फाउन्डेसनकी अध्यक्ष रोजिना स्थानीय युवाहरुका साथ आफैं खटिएकी छन् । उनी केहि महिनादेखि नेपालमै सामाजिक कार्य र व्यवसाय विस्तारमा लागेकी हुन् ।

काठमाडौं मैतिदेवीमा जन्मिएकी रोजिना सानैदेखि अरुको पीडा आफ्नै जस्तो लाग्ने बताउंछिन् । समाजसेवा के हो भन्ने ज्ञान राम्ररी नहुंदादेखि नै उनी दुःखी गरिवको साहारा बन्दै आइन् । बेलायतको नेपाली समुदायमा पनि उनी च्यारिटी कर्ममा निरन्तर क्रियाशिल छिन् ।

एनआरएनए यूके पूर्व उपाध्यक्ष एवं अध्यक्षकी प्रत्यासी रोजिना हङकङमा प्रधान कार्यालय रहेको आइडिया फर वर्ल्डको निर्देशक समेत हुन् ।

गैर आवासीय नेपाली र उनीहरुका अन्तरराष्ट्रिय विजनेस पार्टनरहरुबाट स्थापित आइडिया ग्रुप अन्तरगतको उक्त लिडिङ कम्पनीले नेपालभर स्मार्ट सिटी र पार्किङ बनाउने लक्ष्य राखेको छ ।आउंदो १० वर्षमा १० लाख उद्यमी बनाउने कम्पनीको महत्वकांक्षा छ । रोजिना बेलायत र नेपालका दर्जन बढी सामाजिक संघसंस्थामा पनि आवद्ध छिन् ।