Sunday, June 14News That Matters

पौडी खेल्ने क्रममा मेची नदिले बगाएर युवकको मृत्यु

पूर्णपुष्टि, भदौ १४

झापाको भद्रपुर नगरपालिका–४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा नदिले बगाई एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेल रहेका छन् ।हिजो अपरान्ह साढे ४ बजे पौडी खेल्ने क्रममा भुजेललाई नदीले बगाएको थियो । नदिले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीसहित स्थानियहरुको समेत सहयोगमा खोजतलासको क्रममा आज बिहान पौने ९ बजे बगाएको स्थान देखि ७ किलोमिटर दक्षिण नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।