Sunday, June 14News That Matters

बोक्सेमा फुटवल प्रतियोगिता सुरु, पहिलो खेलमा फ्युजन र सिसुवारीको जित

पूर्णपुष्टि, भदौ १४

बोक्सेमा सोमवार बाट ओपन ७A नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ । बोक्से स्थित खसी बजारमा दिउँसो २ बेजे खेलको उद्घाटन भएको हो । खेलको पहिलो दिन २ खेल खेलाईएको छ ।उक्त खेलमा फ्युजन क्लव बोक्से र सिसुवारी विजयी बनेका छन् । फ्युजनले राजावासलाई ७÷१ को फराकिलो अन्तरले पराजित गर्दै बिजयी बनेका छन् भने सिसुवारीले रौतामाई स्पोर्ट क्लवलाई ५÷० को अन्तरले पराजित गरेको छ ।दाजुभाई समूह दोहा कतारको आयोजनामा जारी उक्त खेलको बिजेताले २० हजार नगद सहित अन्य पुरस्कारहरु पाउने छन् भने उपविजेताले १० हजार पाउने जनाईएको छ । मंगलबारको खेलमा पनि दुई खेल खेलाईने छ । जसमध्ये ११ स्टार फुटवल क्लव र गाईघाट फुटवल क्लवले खेल्ने छ ।