Saturday, June 13News That Matters

प्रतिवन्धित लागुऔषध सहित तिनजना पक्राउ

पूर्णपुष्टि, भदौ १३

मोरङको बेलबारी नगरपालिका–१ स्थितबाट प्रतिवन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी–१ का सुरज गुरुङ, बेलबारी ४ का ३८ वर्षीय ईन्द्र गुरुङ र ४१ वर्षीय बिनोद राई रहेका छन् ।हिजो बेलुका साढे ५ बजे लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुरज गुरुङको घर कोठा खान तलासी गर्दा १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको र सोही स्थानमा संकास्पद अबस्थामा रहेका ईन्द्र गुरुङ र बिनोद राईको साथबाट NITRABET-४२ चक्की र DIALEX-DC-३ बोतल सहित तिनै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तिनै जनाको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।