प्याराडाईज बोर्डिङले सुरु गर्यो सप्ताहव्यापी खेल प्रतियोगिता

पूर्णपुष्टि, १५ माघ ।
प्याराडाईज बोर्डिङ स्कुलको एक हप्ते खेल सप्ताह आईतबार देखी सुरु भएको छ । दुई चरणमा खेलाईने खेलमा १४ बाट १८ गते सम्म नर्सरी देखी ८ सम्मको विद्यार्थी र २१ र २२ गते ९ देखी १२ सम्मको विद्यार्थीहरुलाई ग्याम खेलाईने छ । प्रतियागितामा भलिवल, कबडी, रिले, रनिङ, हाई जम्प, लङ जम्प, टिटी लगायतको खेलहरु समावेश गरिएको छ ।

विद्यालयका प्रिन्सिपल बाबुराम आचार्यले प्यराडाईज बोर्डिङले पठन पाठन सँगै खेलकुदलाई पनि बिषेश स्थान दिने गरेको जनाए । खेलले अनुसासन सँगै शारिरिक रुपमा समेत सकरात्मक विकास गर्ने भएकाले बिषेश स्थान दिँदै प्रत्येक बर्ष सप्ताह ब्यापी स्वरुप खेलाईने जनाए । विद्यार्थीहरुमा खेलको बिकास र खेलकुद क्षेत्रमा सफल बनाउन विद्यालय स्तरबाटै प्रतियोगिताहरुमा समावेश गराउँदै सक्षम बनाउने विद्यालयको उदेश्य रहेको आचार्यको भनाई छ । विद्यालयका संञ्चालक समेत रहेका प्रकाश बस्नेतको अध्यक्षतामा त्रियुगा नगर उपमेयर महेश्वरी राईले खेलको उद्घाटन गरेकी थिईन् । उत्कृष्ट खेलाडी र प्रथम हुने टिमहरुलाई शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0