Saturday, June 20News That Matters

प्रतिबन्धित औषधी सहित १ जना पक्राउ

पूर्णपुष्टि, भदौ १०

मोरङ विराटनगर महानगरपालिका १२ बखरी स्थितबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का ३० बर्षीय मोहमद अम्जाद अली रहेका छन् । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई भारतको जोगवनीबाट  EFFIKEX ५ कार्टुन ९ प्रति कार्टुन ७२ पिस,MICROSHOT १ कार्टुन ९१८ पिस०  , N-BIMELOX ७ कार्टुन ९ प्रति कार्टुन ७२ पिस०  प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका अलीलाई आज औषधी सहित आबश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाईएको छ ।