Friday, June 19News That Matters

प्रतिबन्धित लागुऔषध सहित युवक पक्राउ

पूर्णपुष्टि, माघ १८ गते । सुनसरीको ईटहरी उप–महानगरपालिका–२० स्थितबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० बर्षीय सनम थापा मगर रहेका छन् ।बिशेष सुचनाको आधारमा मगरको कोठा खनतलासी गर्दा प्रहरीले Spaspain – २ सय ८८ ट्याबलेट, Tramadol – २ सय ७८ स्यापसुल र १ किलोग्राम गाँजा बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।