Tuesday, January 14News That Matters

प्रथम एलेभेन स्टार च्यालेन्ज कपको उपाधी साउनेलाई (फोटि सहित)

पूर्णपुष्टि,भद्र १४ । उदयपुरको गाईघाटमा आयोजित प्रथम एलेभेन स्टार च्यालेन्ज कप “9A” साइज खुल्ला फुटबल प्रतियोगिताको उपाधी साउने फुटबल क्लवले हात पारेको छ । एलेभेन फुटबल कप बोक्सेको आयोजनामा बोक्से पानिटेन्की स्थित बरघाट्टा खेल मैदानमा भएको अन्तिम फाईनल खेलमा आयोजक टिमलाई १ को विरुद्ध २ गोल अन्तरले पराजित गर्दै साउने फुटबल क्लवले उपाधी हात पारेको हो ।

उपाधी सँगै साउनेले नगद रु ३० हजार सहित ट्रफि प्रमाण पत्र हात पारेका छन् । फाईनल खेलमा सम्मानजनक हार व्यहोरेका आयोजक उपबिजेतामा सिमित रहँदै नदर १५ हजार र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएका हुन् ।

प्रतियोगिताको फाईन खेलमा बर्षाका कारण प्रतियोगिता सञ्चान हुन नसक्दा सेहि समय चिन्ता जनक स्थिति भए संगै केहि समय खेल स्थगित गरिएको थियो । हावा हुरीसँगै आएको वर्षाले गर्दा खेल अवरुद्ध गर्दा फाइनले खेल हेर्ने दर्शकहरुको भने निक्कै बाक्लो उपस्थिति रहदा केहि समय पछि खेललाई मुख्य रेफ्रि महेन्द्र तामाङ्गले सञ्चानमा ल्याएका थिए । मध्य रात हुने छाटकाड देखिए पछि २५–२५ मिनेट गरी जम्मा ५० मिनेटको खेल गराएको थियो ।

स्थानीय स्तरका दर्शकहरुको सानदार उपस्थितीमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा साउँनेको तर्फबाट प्रतियोगिताको पहिलो हाफमा जर्सी नम्बर १० का खेलाडि आशिस राईले १ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । प्रतिश्पर्धात्मक खेल चलिरहँदा दोस्रो हाफको समयमै पुन साउनेलाई अग्रता दिलाउँदै आशिस राई व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए । यस्तै आयोजक एलेभेन स्टारको तर्फबाट भने मध्य भागको समय पुग्दा जर्सी नम्बर ९ का खेलाडि बिरेन्द्र रोक्काले १ गोल गरी साउनेलाई दभाव दिएका थिए । निक्कै दभाव पूर्ण खेल रहेता पनि साउनेले उपाधी हासिल गर्न सफल भए । फाईनले खेलको म्यान अफ द म्याच साउनेका लागि व्यक्तीगत २ गोल कर्ता आशिस राई घोषित भए, उनलाई युवा नेता सथै समाज सेवी भाग्वत राउतद्धारा सम्मान गरिएको थियो ।

प्रतियोगितामा बिजेत साथै उपबिजेता बनेका टिमलाई युवा नेता सथै समाज सेवी भाग्वत राउत, त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेको वडा अध्यक्ष हेमराज मगर, आयोजक साथै स्थानीय बुद्धिजीवीहरुले क्रमस पुरस्कार हस्तान्तरण गरेका थिए । उक्त स्वर्गिय खेलाडीहरू श्री डि।बि।राइ,दिपेन पौडेल, प्रकाश रोक्का,दिपेश मगर र सन्तोष थापाको समझनामा यस प्रतियोगिता गत भाद्र १ गते देखि सञ्चालन गरिएको थियो ।