Tuesday, April 21News That Matters

प्रथम चिप्रिङ वडा स्तरीय पूरुष भलिबल प्रतियोगिता सोमबार देखी

पूर्णपुष्टि, जेष्ठ २ । खोटाङको खोटेहाङ्ग गाउँपालिका–५ चिप्रिङमा आगामी सोमबार देखि प्रथम वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रको लागी खेलकुद, स्वथ्यको लागी खेलकुद र अनुशासनको लागी खेलकुद भन्ने मुल नाराका साथ चिप्रिङ युवा समुहले प्रथम वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

श्री सप्तकन्या मा.वि चिप्रिङको प्रागणमा आयोजना हुन लागेको प्रथम वडा स्तरीय प्रतियोगिताको विजेताले नगद रु. १ लाख ११ हजार १ सय ११ रुपैँया प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ७७ हजार ७ सय ७७ प्राप्त गर्नेछ । त्यस्तै सेमीफाईनललिस्टले नगद रु. ३३ हजार ३ सय ३३ हात पार्नेछ । प्रतियोगितामा अनुशासित टिमलाई ५ हजार रुपैँया, उत्कृट ईस्पाईकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेण्डरलाई नगद रु. २–२ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ । यस प्रतियोगिताको टिम दर्ता समय जेष्ठ ३ गते बेलुका ६ बजे सम्म  र टिम दर्ता शुल्क ६ हजार ६ सय ६६ रुपैँया लाग्ने अयोजकले जनाएको छ । जेष्ठ ५ गतेदेखी संचालन भएको प्रतियोगिता ७ गते समापन हुनेछ ।