Saturday, May 16News That Matters

त्रियुगा नगरपालिकाले अबैधानिक घरटहरा भत्काएपछि स्थानीयको बिचल्लीत

पूर्णपुष्टि, २ जेष्ठ
उदयपुरको त्रियुगा नगरपालिकाले अबैधानिक घर टहराहरु भत्काउन सुरु गरेको छ । आफु वसिरहेको घर टहरामा नगरपालिकाले दादागिरी सैलीमा अमानवीयता देखाएको भन्दै यहाँ वसोवास गर्दै आएका स्थानीयहरु भने आक्रोसित बनेका छन् ।

यस क्षेत्रमा चौधरी समुदायहरु वसोवास गर्दै आएको देखिन्छ । यहाँ वसोवास गर्ने स्थानीयहरुले त्रियुगा वसपार्क बनेको जग्गा पनि पहिले आफुहरुले नै भोकअधिकार गरेको बताएका छन् । पछि त्यस ठाउँमा बसपार्क बनाउने प्रस्ताव आएपछि उनिहरुले आफ्नो भोगचलनको जग्गा रहेको सचेत गराउँदै करिब ९० जनाले निवेदन दिएको देखिन्छ । सो निवेदन उपर आवश्यक छलफल गर्न त्रियुगा नगरपालिकाले २०६३÷१०÷१२ गते त्यस क्षेत्रमा भोगअधिार गर्नेहरुलाई आवश्यक छलफका लागि बोलाएको देखिन्छ । उक्त छलफलमा बसपार्कका लागि ६० प्रतिशत र भोकअधिार गर्दै आएकाहरुका लागि २० प्रतिशत जग्गा छुटाएर सहमतिको निर्णय भएको हाल वसोवास गर्ने स्थानीयहरुको भनाई छ ।

तर त्यो निर्णय विपरिद आज अचानक घर टहरा भत्काईएको भन्दै उनिहरुले आक्रोस पोखेको हो । बसपार्क बनेपछि जग्गाको मुल्य बढ्ने र राम्रो हुने भन्दै आफुहरुलाई फकाएपछि उनिहरुले २० प्रतिशत जग्गामा सहमति जनाएको बताए । तर यस सहमति बारे उनिहरु सँग कुनै निर्णयको कागजात भने छैन । आफुहरु सोझो भएको फाईदा उठाएर त्यो समयको सहमतिको निर्णय लुकाएर प्रमाणको बन्धक बनाएर घरटहरा भत्काएको उनिहरुको आरोप छ । आफुहरु समक्ष त्यो सहमतिको निर्णय लिने ज्ञान नहुँदा निर्णय आफुहरुले नलिएको तर नगरपालिका सँग निर्णय भएतापनि लुकाएर राखेको उनिहरुको आरोप छ ।

त्रियुगा नगरपालिकाकाले भने यस क्षेत्रमा बनेका घर टहराहरु सबै अबैधानिक रहेको जनाएको छ । स्थानीय सरकारले सार्वजानिक जग्गा संरक्षण गर्ने काम कर्तव्यको आधारमा अदालतले अबैधानिक सावित गरेको भन्दै सार्वजानिक जग्गाको रुपमा फिर्ता गर्न लागिएको जनाए । त्रियुगा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष तिलक कटुवालको अनुसार यस ठाउँको जग्गा सार्वजानिक माग गर्दै मुद्धा परेको थियो । जिल्ला अदालत उदयपुरले उक्त जग्गालाई सार्वजानिक जग्गा हो भन्दै फैसाला गरेपछि यसको संरक्षणमा स्थानीय सरकार लागेको बताए । अदालतको फैसाला सँगै त्यस बसपार्कमा ६ करोड बरावरको संरचना बन्दै गरेको र त्यस संरचना निर्माणमा समेत टहराहरुले असर गरेको भन्दै भत्काउनु परेको जनाए । यसका लागि पटक पटक सूचना निकाल्दा पनि नभत्काएपछि नगरपालिकाकै पहलमा भत्काउनु परेको अध्यक्ष कटुवालले जनाए । त्यस स्थानको वास्ताविक सुकुम्वासीहरुलाई नगरपालिकाले उचित जग्गा व्यवस्थापन गर्ने समेत आश्वासन दिएको छ । तर स्थानीयहरुले भने जग्गा दिने नदिने भन्नेवारे कुनै ठेगान नगरहेको जनाए ।