प्रदेश मन्त्रीको छोरा सेडारी पक्राउ

पूर्णपुष्टि, पुष २०
सवारी ज्यान मुद्धामा प्रदेश मन्त्रीको छोरालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेद प्रकाश जोशीले बताए ।

पुस २ मा टिकापुरमा बबी सोडारीले चलाएको बागमती प्रदेश ०१–०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट ९५ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । उपचारको क्रममा बाँकेको कोहलपुर स्थित मेडिकल कलेजमा पुस ११ मा उनको मृत्यु भएको थियो । घाइतेको मृत्युपछि उनि सम्पर्क बिहिन भएका थिए । सोमबार अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: