Friday, May 15News That Matters

प्रदेश लेखा इकाई कार्यलय उदयपुरको भवन उद्घाटन

उदयपुर/ माघ ७ गते 

उदयपुरमा प्रदेश लेखा इकाई कार्यलयको भवन मंगलबार उद्घाटन भएको छ । कोष तथा लेखा नियन्त्रण बाट भईरहेको आर्थिक भुक्तानि  र प्रतिवेदनको कामलाई छिटो छरितो र सरल बनाउन सम्बन्धित कार्यलय स्थापना भएको हो ।

बिनियोजित बजेट भुक्तानी सँग बिषेश काम गर्ने यस कार्यलयले कार्यलयबाट आफ्नो काम पारदर्शीका साथ अगाडी बढाइसकिएको कार्यालय प्रमुख लेखा नियन्त्रक जीवन राजभण्डारीले बताउनुभयो । भण्डारीले आउने सेवाग्रागिहरुलाई सरल, र सहज तरिका बाट काम थालनी गरेको बताउनुभयो । प्रदेश संघीय सरकारबाट १ नम्बर प्रदेश अन्तर्गत उदयपुरमा विनियोजित बजेटको भुक्तानी र प्रतिवेदन गर्नेसम्मको अधिकार र जिम्मेवारीका साथ स्थापना भएको कार्यालयले सेवाग्राहीलाई चुस्त, दुरुस्त, पारदर्शी र छिटोछरितो ढंगले सेवा दिने लक्ष लिएको भण्डारीले बताउनुभयो ।

प्रदेश सांसदहरु विमल कार्की, हिमाल कार्की र अम्बिका थापाले भवनको उद्घाटन गर्नु भयो । उद्घाटन सँगै प्रदेश सांसद विमल कार्कीले आर्थिक क्षेत्रहरुमा कानुन आफै तगारो भएर आउने बताउनुभयो । 
कानुन बनाउने र काम गर्ने कर्मचारीहरुविच अन्तक्रिया नहुदा यस्तो समस्या आउने उहाँले बताउनुभयो । कार्कीले भुक्तानी सम्बन्धि आफुलाई असहज हुने कार्यहरु कानुन निर्माण गर्दा स्पस्ट रुपमा राखि यसको सहजीकरणको वातावरण बनाउनु पर्ने बताउनु भयो ।

यस्तै प्रदेश सांसाद हिमाल कार्कीले कार्यलयले जनताहरुको सेवा सुविधामा सहजताको निम्ति भवन स्थापना भएको बताउनुभयो । उहाँले यस कार्यलयबाट बिनियोजित भुक्तानी बजेटहरुको कामकार्वाही अब सहजै तरिकाले अघि बढ्ने बताउनुभयो ।

यस्तै सांसद अम्भिाका थापाले प्रभावशाली काममा जोड गर्न अनुरोध गर्नुभयो । उहाँले आफु प्रदेश सांसदको नाताले र व्यक्तिगत नाताले समेत यसको काम कार्वाहीमा सहयोग गर्ने बताउनुभयो । उहाँहरुले संघीयताको कार्यान्वयनको रुपमा स्थापना भएको प्रदेश इकाईले वित्तिय व्यवस्थापनको सफल र प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुृभयो । आर्थिक अनुशासनलाई पालना गर्ने र गराउने निकायको रुपमासमेत रहेको सो कार्यालयको स्थापनाले प्रदेश र संघीय सरकारको वित्तिय काममा पनि सहजता ल्याउने कार्ययल प्रमुख राजभण्डारीले बताउनुभयो ।कार्यालय स्थापना हुनुअघि इकाईको काम र जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरले सम्हाली दिएको थियो । कार्यालय स्थापनापछि कोलेनिकाले इकाईलाई नै सम्पूर्ण बरबुझाथ गरिदिएको प्रमुख कोष तथा लेखा नियन्त्रक हिरा न्यौपानेले बताउनुभयो ।

सो कार्यालयमा धेरैजसो कामहरु अनलाईन प्रणालीबाट हुने जनाइएको छ । कार्यालयका लागि आवश्यक प्रविधि तथा कम्प्युटर, ल्यापटप तथा अन्य सामानहरु पहिले नै जडान तथा व्यावस्थापन गरी कार्य सम्पादन थालेको हो । कार्य सम्पादन अगाडि बढाएपछि सेवाग्राहीहरुलाई सजिलो र सुविधा मिलेको सेवाग्राही जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय उदयपुरका लेखा अधिकृत ढकराज कटुवालले बताउनुभयो । वित्तिय क्षेत्रका आर्थिक निर्देशनहरुको पालना गराउने कुरामा पनि अग्रसर रहने सो कार्यालयमा पाँचजना कर्मचारी खटिएका छन् । जिल्लामा थप नयाँ कार्यालय आएकोमा जिल्लाबासी खुसी र उत्साहित बनेको जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताउनुभयो ।