Thursday, April 23News That Matters

प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको उद्घाटन

पूर्णपुष्टि, बैशाख १४ ।
उदयपुरमा प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलन सुरु भएको छ । १४ र १५ गते गाईघाट स्थित सँगम सामुदायिक पुस्तकालयमा आयोजना हुने सम्मेलन शुक्रबारदेखी सुरु भएको हो । सम्मेलनको उद्घाटन कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका छन् ।

उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले यस सम्मेलनले पुस्तकालयमा भएका समस्याहरु पहिचान गरी निराकरण केके हुन सक्छ चासो दिने बताए । उनले पुस्तकालयको क्षेत्रमा राम्रोक कामको थालनी भएको पनि जनाए । कुनै पनि कुरा परफेक्ट हुन सक्दैन र त्यस क्रममा जति यो सम्मेलनबाट कुरा सुनेर आफुले धेरै कुरा सिकेको अनुभव भएको खापुङले बताए । सम्मेलनका आएर पुस्तकालयहरुको समस्या प्रष्ट रुपमा बुझ्न पाएको पनि उनले बताए ।

कुनै बेला पुस्तकालय स्थापनाको निम्ति समाजनै लागेको जस्तो थियो आज त्यो स्थिति नरहेको उनको भनाई छ । आफु सानो हुँदा संस्कृतको पाठमा विद्या, धन र सर्वधनको जग चाहीँ परिवार, विद्यालय र पुस्तकालयको अत्यन्त महत्वपुर्ण योगदान रहेको बताए ।