प्रधानन्यायाधीसविरुद्ध उदयपुरमा पनि विरोध प्रदर्शन

पूर्णपुष्टि, कार्तिक २८ ।
नेपाल वार एशोसिएशन, उदयपुरले पनि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ । विरोधको क्रममा जिल्ला अदालत उदयपुरका वार एशोसिएशनमा आवद्ध कानुन ब्यवसायीहरुले दुई घण्टा धर्ना दिएका छन् ।

वारको कार्यालयमा कालो ब्यानर राख्दै हातमा कालो पट्टीसहित धर्ना बसेका हुन् । बार उदयपुरले आगामी ३० गतेसम्म नियमित दुई घण्टा धर्ना कार्यक्रम राखेको अध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए ।

प्रधानन्यायाधीस जबराको राजीनामाका लागि दवाव सिर्जनाका लागि अदालतको दुई घण्टा इजालस रोकिनेगरी धर्ना कार्यक्रम गरिएको हो । उनीहरुले प्रधानन्यायाधीसलाई न्यायालयको मर्यादा राख्न नसकेको विवादितको संज्ञा दिदै ब्यानर राखेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: