प्रधानमन्त्री प्रचण्ड उत्रने हेलिप्याड रौतामाईको भुट्टारमा निर्माण

पूर्णपुष्टि, १७ माघ ।

दुर्गम क्षेत्रको प्राकृतिक विपत्ती, गम्भिर विरामी र सुत्केरीलाई उपचार तथा उद्धारका लागि मध्ये नजर गर्दै उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा हेलिप्याड निर्माण गरिएको छ ।
नेपाली सेनाको नागरिक–सैनिक समन्वय कार्यक्रम अन्तर्गत रौतामाई गाउँपालिकाको आर्थिक सहयोगमा श्रीपशुपतिप्रसाद गणले नागरिक मैत्री हेलिप्याड निर्माण गरेको हो ।

आज एक कार्यक्रमकाबीच हेलिप्याड उद्घाटनसहित सेनाले पालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको १८ नं। वाहिनीपति मनोज बैदवार र पालिका अध्यक्ष विरेन्द्र मगरद्वारा संयुक्तरुपमा उद्घाटन भएको हेलिप्याडमा आगामी माघ २० गते पालिकाको प्रशासकीय भवन उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल उत्रने छन् ।

उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, पालिका उपाध्यक्ष भुपेन्द्रबहादुर थापा, जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापा, सशस्त्र प्रहरी बल नेपाल ५ नं. गण हेडक्वाटरका प्रमुख एसपी अशोककुमार शाक्य, पशुपति गणका गणपती शिव प्रसाद वाग्ले, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उदयपुरका उपअनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, राैतामाइ गापा प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेत लगायतको उपस्थिति थियो । पालिकाको वडा नं। २ स्थित प्रशासकीय भवन नजिकै हेलिप्याड निर्माण गरिएको छ ।समुन्द्र सतहदेहि ७८० मिटर उचाई, ४५ फिट डायमिटरको हेलिप्याडलााई नागरिकमैत्री हेलिप्याड भनी उद्घोष गरिएको छ । उक्त हेलिप्याडमा मझौला तथा साना हेलिकेप्टरहरु अवतरण गर्न सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0