
पुर्णपुष्टि, साउन ४ । प्रधानमन्त्री केपी शर्मा ओली सेप्टेम्बर १६–१७ (भदौ ३१ र असोज १ गते) सम्म भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली निकट स्रोतले प्रधानमन्त्रीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको बताएको छ ।
भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसयता ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन ।
