Sunday, June 7News That Matters

प्रभावकारी सेवामा कुनै कसुर बाँकी नराख्न निर्देशन

उदयपुर, माघ ६ गते । 

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राईले जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन सिलान्यास गर्दै देश र जनताको प्रभावकारी सेवामा कुनै कसुर बाँकी नराख्न दिर्नेशन दिनुभएको छ ।

भवन निर्माणपछि गुणस्तरीय सेवा प्रदानमा थप मद्दत पुग्ने भएपनि सुविधा सम्पन्न भवन नहुँदाको अवस्थामा पनि नेपाल सरकारले दिएको जिम्मेवारी र सेवामा गुणस्तर कम गर्ने छुट प्रहरीमा नरहेको बताउनुभयो । भईरहेको सेवामा थप गुणस्तरीयता थप्ने प्रयास गर्न प्रोत्साहित गर्दै उहाँले घटना, अनुसन्धानका चुनौतीलाई सहि विश्लेषणका साथ समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले भवन निर्माण समयमा र पूर्णगुणस्तरीयरुपमा सम्पन्न गर्न ठेकेदार कम्पनी र प्रत्यक्ष निगरानी र अनुगमनका साथ सहयोग गर्न जिल्ला प्रहरी युनिटलाई निर्देशनसहित अनुरोध गर्नुभयो । संयोगवस आफु जिल्लाबासी र प्रहरी प्रधान कार्यालयको तत्कालिन मानव स्रोत तथा प्रशासन प्रमुख भएकाले बजेट तर्जुमाको सुरुदेखि अन्तिमसम्म भूमिका खेल्न पाएको र सिलान्याससमेत आप््mनै हातबाट भएकोले समयमै र गुणस्तरीयरुपमा भवन निर्माण हुँदा व्यक्तिगतरुपमा पनि सन्तुष्ट हुने बताउनुभयो ।

नेपाल सरकारको ९ करोड ३२ लाख, ४६ हजार रुपैयामा सुविधा सम्पन्न भवन डेडवर्ष भित्रमा निर्माण गर्ने गरी निर्माण कम्पनी आशिस÷आशिर्वाद जेभी, उदयपुरले ठेक्का पाएको छ । ठेकेदार कम्पनीका प्रोपाईटर केशर बुढाथोकीले तोकिएको समयअघि नै सम्पन्न गर्ने कोशिस रहने बताउनुभएके छ ।कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी, १ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक ठाकुरप्रसाद ज्ञवाली, संघीय प्रहरी इकाई धरानका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक शौरभ राणा, १ नं. प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक पुरुषोत्तम कडेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का लगायतको विशेष उपस्थिति रहेको थियो ।जिर्ण अवस्थाको पुरानो भवन गत २०७२ को महाभुकम्पले थप क्षती पुर्याए पछि प्रहरीको कार्य सम्पादनमा अप्ठ्यारो परेको थियो । प्रहरी कार्यालय परिषरमा निर्माण हुने कार्यालय भवनसंगै व्यारेक भवन, सिनियर अधिकृत क्वाटर, कार्यालय प्रमुख निवास, मेस भवनको पनि सिलान्यास भएको छ । नेपाल पूर्व प्रहरी संगठनको भवन पनि सिलान्यास भएको छ । ती सबै भवनहरुको एकसाथ निर्माण कार्य हुने जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बढामगरले बताउनुभयो ।