प्रविधिमा छलाङ मारेको एनएमबी बैँकको दाबी, अब विदेश बाटै पनि खाता खोल्न सकिने

पूर्णपुष्टि, पुष १३
आफुहरु अन्य बैँकहरु भन्दा बढी प्रविधिमय रहेको एनएमवी बैँकले दावी गरेको छ । ग्राहकहरुलाई सहज र छिटोका लागि प्रविधिलाई जोडेर प्रविधिमय बनेको जनाएको छ । एनएमवी बैँकका १ नं प्रदेश प्रमुख उत्सव घिमिरेले मंगलबार गाईघाटमा पत्रकारहरु सँगको भेटघाटमा पछिल्लो समय सहज र छिटोका लागि प्रविधिमा खेल्न सक्नु पर्ने भन्दै एनएमवी बैँक त्यो प्रविधिमा उत्कृष्ट रहेको जनाए । घिमिरेले पछिल्लो समय बिदेशमा रहेको नेपालीहरुले समेत एनएमवीमा अनलाईन फर्म मार्फत खाता खोल्न सकिने जनाएको छ ।

बिदेश बाट पैसा पठाउँन नेपालीहरुले बिभिन्न समस्या खेप्दै आएको र गैरकानुनी रुपमा हुण्डी लगायत माध्यम बाट पैसा पठाउँदा ठगिने जस्ता क्रियाकलापहरुलाई मध्येनजर गर्दै ग्राहकहरुको विश्वासनियतामा एनएमवी पछिल्लो समय जोडिएको घिमिरेले बताए । एनएमवी बैँकलाई ग्राहक सम्म पुग्नु एटिएम, डेविट कार्ड, क्रेटिट कार्ड, क्युआर कोर्ड, अनलाईन बैँङकिङ, मोवाईल बैँङकिङ, इन्टरनेट बैँङकिङ, अनलाईन केवाईसी, भिकेवाईसी, एनएमवी भिसाा क्रेडिट कार्ड, एनएमवी सापटी केवाईसी, एनएमवी थ्रिडि सेक्युर, अनलाईन डिम्याड फर्म, फाराम डाउनलोड लगायत बिभिन्न अनलाई बाटै काम गर्न सकिने प्रविधिहरु बैँकले तयार गरेको घिमिरेले बताए । घिमिरेले कुनै पनि फर्म वा संस्थाहरुको तलवी खाता खोल्दा बिनिा धितो लोन र इन्स्योरेन्सको पनि व्यवस्था एनएमवी बैँकले पहिलो चोटी ग्राहकहरु सामु ल्याएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: