Wednesday, April 22News That Matters

प्रशासनमा नागरिक प्रतिबद्धता स्वघोषणा लागु

पूर्णपुष्टि, साउन २ । जिल्ला प्रशासन कार्यालय उदयपुरले नागरिकता प्रमाणपत्र प्राप्त गर्ने नागरिकलाई नागरिक प्रतिबद्धता स्वघोषणा लागु गरेको छ । शुक्रबार प्रशासनबाट नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिक शाखा अगाडी राखिएको फ्लेक्स प्रिन्टमा लेखिएको ७ बुदेँ नागरिक प्रतिबद्धता पढ्न लगाई नागरिकता प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले प्रशासनबाट नागरिकता प्राप्त गरेका ७ जनालाई आजबाट नेपाली नागरिक भएकोमा बधाई दिदैँ नागरिकता प्रदान गर्नु भएको हो । नेपाली नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकको कर्तव्य समेत जानकारी गराउने उदेश्यले नागरिक प्रतिबद्धता स्वघोषणा लागु गरिएको अधिकारी लुईटेलले बताउनुभयो । नागरिकता प्राप्त गर्ने नागरिकलाई कर्तव्य बोध हुने र असल नागरिक बन्न नागरिकता प्रमाणपत्र प्राप्त गरेका दिन प्रेरणा मिल्न जाने भएकोले नागरिक प्रतिबद्धता स्वघोषणा लागु गरिएको बताउनुभयो । यस किसिमको असल अध्यास सबै जिल्ला प्रशासन र ईलाका प्रशासन कार्यालयहरुमा समेत हुन सके कार्यसम्पादनमा एकरुपता हुन सक्ने उहाँले बताउनुभयो ।

नागरिकता प्रमाण पत्र लिदाँ नागरिकले गर्नुपर्ने प्रतिबद्धता यस्ता छन् :

१. राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डको रक्षा गर्नेछु ।
२. नेपालको संविधान र प्रचलित कानूनको पूर्णरुपमा पालना गर्नेछु ।
३. सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नेछु ।
४. नागरिकता प्रमाण पत्रको दुरुपयोग गर्ने छैन ।
५. नागरिकता प्रमाणपत्रको दुरुप्रयोग गर्ने छैन्, दोहोरो नागरिकता बनाउने छैन, नागकिताच्यात्ने छैन, केरमेट गर्ने छैन । नागरिकता प्रमाणपत्रको संरक्षण गर्नेछु ।
६. नागरिकता अनुसारको आफ्नो पहिचान र विवरण कायम गर्नेछु ।
७. झुठो विवरणको आधारमा नागरिकता दिलाउने कार्यमा संलग्न हुने छैन ।