Saturday, June 27News That Matters

प्रहरीद्वारा किशोरीको ह*त्या आरोपी सार्बजनिक, मुख्य योजनाकार आफ्नै साथी

पूर्णपुष्टि, चैत २३ ।
उदयपुरमा हिजो भएको किशोरी हत्याको मुख्य योजनाकार र सहयोगीलाई प्रहरीले सार्बजनिक गरेको छ । बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षिया किशोरी कविता सुनुवारको ह*त्यारालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको हो । घटनाको भोलीपल्ट प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको हत्यामा संलग्न दुईजनालाई सार्बजनिक गरेको हो ।
प्रहरीले ह*त्यामा संलग्न दुईजना बेलका नपा–३ बस्ने १९ वर्षिय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षिया सरिता ढकाल (खत्री) लाई सार्बजनिक गरेको हो । एकवर्षदेखि वहिनीकै घरमा बस्दै आएका दाजु विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ । प्रहरीले पक्राउ पर्ने किशोरी नावालिका रहेकोले दाजु विनोदलाई मात्र पत्रकार सम्मेलनमा उपस्थित गराएको थियो । हालसम्मको अनुसन्धानले ह*त्यामा ती दुईजना मात्र संलग्न देखिएको प्रहरीले जनाएको छ ।
मङ्गलबार विहान ट्युसन पढ्न जादै गर्दा किशोरी कवितालाई ह*त्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताए । उनीहरुले ह*त्या गरेको स्विकार गरेको एसपी बोहोराले बताए ।
ह*त्या गर्नुको कारण प्रतिशोध रहेको बुझिएको एसपी बोहोराले बताए । मृतक कविता र ह*त्या गर्ने सरिता मिल्ने साथी हुन् । उनीहरु दुबैजना स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हुन् । एसपी बोहराका अनुसार साथी–साथीबीच मिलन देखिए पनि भित्रभित्रै विविध कुराले मनमुटाव, विवाद हुने र एकअर्कामा क*टाक्ष हुने गरेकाले प्रतिशोध साधेकी सरिताले मार्ने योजना बनाएकी थिइन् । सो योजनामा दाजु विनोदको मद्दत लिएर ह*त्या गरेकी थिइन् ।
सुरुमा पछाडीबाट खाली वियरको बोतलले टाउकोमा प्र*हार गरेको र अरुले थाहा पाउछ भन्ने डरले पछि ढुङ्गाले हानेर मा*रेको बयान उनीहरुले दिएका छन् । उनीहरुले ह*त्या गरेपछि करिब ४० मिटर टाढा घिसार्दै ला*स लगेर छाडेका थिए ।
सदा झै विहान ट्युसन पढ्न घरबाट हिडेकी किशोरीलाई केही घण्टापछि गाउँलेले मृ*त अवस्थामा भेटेर प्रहरीलाई खबर गरेको थियो । ह*त्यापछि घरै बसेका दाजु–वहिनीलाई प्रहरीले आशंका गरी घरबाटै पक्राउ गरेको थियो । उनीहरु उपर कर्तब्य ज्या*न मुद्दा परेको छ । मृतकको बुवा कृष्ण सुनुवारले हिजै उनीहरुको नामसहित किटानी जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय रामपुरमा दर्ता जाहेरी उपर कानुनी कारवाही अगाडी बढ्ने क्रममा आज दुबैजनाको जिल्ला अदालत उदयपुरमा म्याद थप भएको प्रहरीले जनाएको छ । दोषी सरितालाई ५ दिन र दाजु विनोदलाई ७ दिनको म्यान थप भई थप अनुसन्धान अगाडि बढेको जनाइएको छ ।
मृ*तक किशोरीको शब पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । घटनाको २४ घण्टासम्म पनि अपराधी पत्ता नलागेको भन्दै स्थानीय र कृतक परिवारले किशोरीको श*ब जिम्मा लिन मानेको थिएन । सडकजाम तथा बजारमा प्रशासन विरुद्ध प्रदर्शन गरेको स्थानीयले छिटो ह*त्यारा पत्ता लगाई सार्बजनिक गर्न माग गर्दै आएको थियो । ह*त्यारा सार्बजनिक भएपछि भने परिवारले मृ*तक किशोरीको शब बुझेर सद्गगद् गर्ने जनाएको छ ।