प्रहरीमा बलात्कारको झुठो जाहेरी दिने महिला पक्राउ

पूर्णपुष्टि, असोज १६ गते ।
जबरजस्ती करणी गरेको भन्दै झूठा जाहेरी दिने एक जना महिला भक्तपुरबाट पक्राउ परेको छ । नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
आफुलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा असत्य जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महिलाको निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएको हुँदा निज महिलालाई पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ । उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0