Wednesday, June 17News That Matters

१६ न. वडाका ५७ बिपन्न घर परिवारलाई बंगुरको पाठा वितरण

पूर्णपुष्टि, असोज १५
त्रियुगा नगरपालिका वडा नं १६ ले ५७ बिपन्न घर परिवारलाई बंगुरको पाठा वितरण गरेको छ । करिब ५ हजार मुल्य बरावरको उन्नत जातका बंगुरको पाठा विपन्न वडावासीहरुलाई वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले बताउनुभयो । आर्थिक बर्ष २०७९/८० को वडागत स्वीकृत बजेट कार्यक्रमबाट विपन्न तथा एकल महिला परिवारलाई  समेटेर पाठा बितरण गरिएको राईले बताउनुभयो । पशुपालन बाट विपन्न वडावासीहरुको जिवन स्तर उकास्ने भन्दै बिगत देखीनै वडाले बाख्रा, बंगुर तथा भैँसी वितरण गर्दै आएको छ । यो पटक भने वडाका बिभिन्न टोलहरुमा रहेका विपन्न परिवारहरुलाई बंगुरको पाठा वितरण गरिएको हो । पाठा वितरण कार्यक्रममा सहभागी भएका कृषकहरुले खुसी ब्यक्त गर्दै वडालाई धन्यवाद दिएका छन् । उनिहरुले आफुलाई जिविको पार्जनको लागि कुनै लगानीको स्रोत नभएको अवस्थामा वडाले पैसा तिरेर पाठा दिएकोमा खुसी सुनाए । बंगुरको पाठा पाएपछि खुसी हुँदै विपन्न परिवारकी एकल महिला बलहिरा राईले वडा कार्यालयलाई भव्य धन्यवाद समेत दिए । राईले वडा अध्यक्ष मान वहादुर राई सहित सम्पूर्णमा खुसी व्यक्त गर्दै भनिन्,“ गरिबको साहारा बनिदिनु भयो यसबाट हामिलाई जिविको पार्जनमा ठुलो सहयोग पुग्नेछ । वडावासीहरुको आर्थिक बृद्धि विकासकै लागि वडाको ठुलो लागनीमा बंगुर वितरण गरिएको हो ।

पाठाहरु बिक्रि नहुदा फर्म संञ्चालकहरुलाई घाटा

केहि समय यता देखी बँगुरले भाउ नपाउँदा सुकौराका दुई फर्मलाई ठुलो आर्थिक क्षती परेको छ । यसोत अहिले कुनै पनि ठाउँहरुमा बँगुरको बजार छैन् । ब्यवसायीहरुका अनुसार पछिल्लो समय सबै बँगुर पालनमा लागे सँगै फर्ममा भएका धेरै बँगुरहरु अलपत्र परेको जनाए । बँगुर पालनमा पनि प्रत्येक घरमा माउ पालनले थप समस्यामा परेको जनाईएको छ । यसले व्यवसायी रुपमा ठुलो फर्महरु संञ्चालन गर्नेहरुलाई प्रभावित समेत बनाएको छ । सबैले माउ पल्दिने भएसी उत्पादन बढी बिक्रि कम हुन थालेको केप्छाकी बंगुर फर्मका संञ्चालक गणेश मगरले जनाउनुभयो । मगरका अनुसार पछिल्लो ५ महिना देखी पाठालाई दाना मात्रै खुवाउनु पर्दा ठुलो घाटा भएको जनाए । बिक्रिहुनु पर्ने पाठालाई खोरमै हुर्काउनुको पिडा सुनाउँदै मगरले कुनै समय खोरमा पाठाहरु नआटेर ठुलो समस्यामा परेको जनाए । मगरले बिक्रि हुनु पर्ने समयमा करिब एक सय ओटा भन्दा बढी बँगुर हुर्काउनु पर्दा करिब ६ लाख माथी घाटा बेहोरेको जनाए । बिक्रि नहुने चारोमा मात्रै लागनी गर्नु पर्दा आफुले ठुलो घाटा व्यहोरेको जनाए । कुनै बेला गर्भमै बिक्रि हुृने बँगुर हाल बिक्रि सुनसान छ । उ बेला माग समेत धान्न नसकेका मगरले अहिले खोरभरी पाठा पाल्नु पर्ने बाध्यता छ । यसरी धेरै घाटा हुने मगरको भनाई छ । सुकौराका अर्का फर्म जेनि कृषि तथा पसुपाल फर्मका संञ्चालक बिबेक मगरले पनि बँगुर फर्म बाट निकै नक्सान बेहोरेको जनाउनुभयो । मगरले ३५ ओटा पाठा खोरमै पाल्नु पर्ने बाध्यता हुँदा औषधी र दानामा करिब ४ लाख बढी घाटा ब्यहोरी सकेको जनाउनुभयो ।

वडा कार्यालयद्धारा फर्ममा बिक्रि नभएको पाठा खरिद गरी कृषकलाई वितरण

वडाले फर्म व्यवसायीहरुलाई उद्धार गर्दै पाठा बिक्रिमा सहयोग गरेका छन् । दुवै फर्ममा बिक्रि नभएर अपलत्र पाठाहरुलाई वडाले खरिद गरी विपन्न वडावासीहरुलाई नै वितरण गरेको छ । वडाका एकल तथा विपन्न ५७ परिवारलाई बँगुर वितरण गरिएको हो । वाडअध्यक्ष राईका अनुसार फर्म संञ्चालकहरुको मार्कालाई बुझ्दै उनिहरुलाई जोखिम कम गर्न पाठा खरिद गरी वडावासीहरुलाई नै वितरण गरिएको हो । यसरी गर्दा वडामै फर्म संञ्चालन गरेर बसेका व्यवसायीहरुलाई थप घाटा बाट बचाउन सकिने र विपन्न वडावासीहरुलाई पनि आर्थिक बिकासमा टेवा दिन सकिने अध्यक्ष राईको भनाईछ छ । वडाले दुई फर्म गरी ५७ ओटा पाठा खरिद गरिदिएको छ । यसरी गर्दा फर्म संञ्चालकहरुले ठुलो राहत पाएको छ । पर्म संञ्चालकहरुले वडाको यो कार्यलाई सम्मान गरेको छ । उनिहरुले यसरी व्यवसाय डुव्ने बेलाको अन्तिम अवस्थामा वडाले गरेको उद्धार प्रति खुसी व्यक्त गरेका छन् । यसरी स्थानीय सरकारले डुवेको व्यवसायहरुलाई उठाउने हो भने किसान कहिले हतोत्साहित नहुने जनाए ।
वडाअध्यक्ष राई सहित वडा सदस्य तथा समन्वय समितिका सदस्य गोमा कार्की, कुन्ती परियार, घमान सिंह राई, वडा सदस्य राम नारायण श्रेष्ठल गायत कर्मचारीहरु ना.प.स्वा.प्रा.दिनेश प्रशाद पोखरेल र सामाजिक परिचालक कुन्ता थापा सहितको संयुक्त उपस्थितिमा फर्ममै गएर कृषकहरुलाई बंगुर वितरण गरिएको छ ।