१६ वडाका ५७ बिपन्न घर परिवारलाई बंगुरको पाठा वितरण
पूर्णपुष्टि, असोज १५
त्रियुगा नगरपालिका वडा नं १६ ले ५७ बिपन्न घर परिवारलाई बंगुरको पाठा वितरण गरेको छ । करिब ५ हजार मुल्य बरावरको उन्नत जातका बंगुरको पाठा विपन्न वडावासीहरुलाई वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले बताउनुभयो । बिपन्न सँगै एकल महिलालाई समेत समेटेर पाठा बितरण गरिएको राईले बताउनुभयो । पशुपालन बाट विपन्न वडावासीहरुको जिवन स्तर उकास्ने भन्दै बिगत देखीनै वडाले बाख्रा, बंगुर तथा भैँसी वितरण गर्दै आएको छ । यो पटक भने वडाका बिभिन्न टोलहरुमा रहेका विपन्न परिवारहरुलाई बंगुरको पाठा वितरण गरिएको हो । पाठा वितरण कार्यक्रममा सहभागी भएका कृषकहरुले खुसी ब्यक्त गर्दै वडालाई धन्यवाद दिएका छन् । उनिहरुले आफुलाई जिविको पार्जनको लागि कुनै लगानीको स्रोत नभएको अवस्थामा वडाले पैसा तिरेर पाठा दिएकोमा खुसी सुनाए । बंगुरको पाठा पाएपछि खुसी हुँदै विपन्न परिवारकी एकल महिला बलहिरा राईले वडा कार्यालयलाई भव्य धन्यवाद समेत दिए । राईले वडा अध्यक्ष मान वहादुर राई सहित सम्पूर्णमा खुसी व्यक्त गर्दै भनिन्,“ गरिबको साहारा बनिदिनु भयो यसबाट हामिलाई जिविको पार्जनमा ठुलो सहयोग पुग्नेछ । वडावासीहरुको आर्थिक बृद्धि विकासकै लागि वडाको ठुलो लागनीमा सुँगुर वितरण गरिएको हो ।

पाठाहरु बिक्रि नहुदा फर्म संञ्चालकहरुलाई घाटा

केहि समय यता देखी बँगुरले भाउ नपाउँदा सुकौराका दुई फर्मलाई ठुलो आर्थिक क्षती परेको छ । यसोत अहिले कुनै पनि ठाउँहरुमा बँगुरको बजार छैन् । ब्यवसायीहरुका अनुसार पछिल्लो समय सबै बँगुर पालनमा लागे सँगै फर्ममा भएका धेरै बँगुरहरु अलपत्र परेको जनाए । बँगुर पालनमा पनि प्रत्येक घरमा माउ पालनले थप समस्यामा परेको जनाईएको छ । यसले व्यवसायी रुपमा ठुलो फर्महरु संञ्चालन गर्नेहरुलाई प्रभावित समेत बनाएको छ । सबैले माउ पल्दिने भएसी उत्पादन बढी बिक्रि कम हुन थालेको केप्छाकी बंगुर फर्मका संञ्चालक गणेश मगरले जनाउनुभयो । मगरका अनुसार पछिल्लो ५ महिना देखी पाठालाई दाना मात्रै खुवाउनु पर्दा ठुलो घाटा भएको जनाए । बिक्रिहुनु पर्ने पाठालाई खोरमै हुर्काउनुको पिडा सुनाउँदै मगरले कुनै समय खोरमा पाठाहरु नआटेर ठुलो समस्यामा परेको जनाए । मगरले बिक्रि हुनु पर्ने समयमा करिब एक सय ओटा भन्दा बढी बँगुर हुर्काउनु पर्दा करिब ६ लाख माथी घाटा बेहोरेको जनाए । बिक्रि नहुने चारोमा मात्रै लागनी गर्नु पर्दा आफुले ठुलो घाटा व्यहोरेको जनाए । कुनै बेला गर्भमै बिक्रि हुृने बँगुर हाल बिक्रि सुनसान छ । उ बेला माग समेत धान्न नसकेका मगरले अहिले खोरभरी पाठा पाल्नु पर्ने बाध्यता छ । यसरी धेरै घाटा हुने मगरको भनाई छ । सुकौराका अर्का फर्म जेनि कृषि तथा पसुपाल फर्मका संञ्चालक बिबेक मगरले पनि बँगुर फर्म बाट निकै नक्सान बेहोरेको जनाउनुभयो । मगरले ३५ ओटा पाठा खोरमै पाल्नु पर्ने बाध्यता हुँदा औषधी र दानामा करिब ४ लाख बढी घाटा ब्यहोरी सकेको जनाउनुभयो ।

वडा कार्यालयद्धारा फर्ममा बिक्रि नभएको पाठा खरिद गरी कृषकलाई वितरण
वडाले फर्म व्यवसायीहरुलाई उद्धार गर्दै पाठा बिक्रिमा सहयोग गरेका छन् । दुवै फर्ममा बिक्रि नभएर अपलत्र पाठाहरुलाई वडाले खरिद गरी विपन्न वडावासीहरुलाई नै वितरण गरेको छ । वडाका एकल तथा विपन्न ५७ परिवारलाई बँगुर वितरण गरिएको हो । वाडअध्यक्ष राईका अनुसार फर्म संञ्चालकहरुको मार्कालाई बुझ्दै उनिहरुलाई जोखिम कम गर्न पाठा खरिद गरी वडावासीहरुलाई नै वितरण गरिएको हो । यसरी गर्दा वडामै फर्म संञ्चालन गरेर बसेका व्यवसायीहरुलाई थप घाटा बाट बचाउन सकिने र विपन्न वडावासीहरुलाई पनि आर्थिक बिकासमा टेवा दिन सकिने अध्यक्ष राईको भनाईछ छ । वडाले दुई फर्म गरी ४६ ओटा पाठा खरिद गरिदिएको छ । यसरी गर्दा फर्म संञ्चालकहरुले ठुलो राहत पाएको छ । पर्म संञ्चालकहरुले वडाको यो कार्यलाई सम्मान गरेको छ । उनिहरुले यसरी व्यवसाय डुव्ने बेलाको अन्तिम अवस्थामा वडाले गरेको उद्धार प्रति खुसी व्यक्त गरेका छन् । यसरी स्थानीय सरकारले डुवेको व्यवसायहरुलाई उठाउने हो भने किसान कहिले हतोत्साहित नहुने जनाए ।
वडाअध्यक्ष राई सहित वडा सदस्य तथा समन्वय समितिका सदस्य गोमा कार्की, कुन्ती परियार, घमान सिंह राई लगायत कर्मचारीहरुको संयुक्त उपस्थितिमा फर्ममै गएर कृषकहरुलाई बंगुर वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0