३२ वर्षीय युवको शंकास्पद मृत्यु, अनुसन्धान गर्न धरानबाट कुकुर मगाईयो

पूर्णपुष्टि, असोज १५ गते ।
मोरङको सुनवर्षी नगरपालिका–४ मा शंकास्पद अवस्थामा एक जना युवकको शव फेला परेको छ । सुनवर्षी–४ बटरबारी बस्ने अन्दाजी ३२ वर्षीय अशोक कुमार यादव शंकास्पद अवस्थामा मृत भेटिएको हो ।
शुक्रबार बिहान करिब ६ बजे घरदेखि करिब दुई किलोमिटर पुर्व रङ्गेली बटरबारी जाने भित्री सडकखण्डमा उनको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धामी काम गर्न घरबाट निस्किएको शुक्रबार बिहान उनी मृत फेला परेका हुन् । घटनास्थलबाट प्रहरीले बाटोमा पार्किङ गरी राखिएको यादवको प्रदेश १–०२–०४४ प ३२६१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
मोटरसाइकल पार्किङ गरिएको ठाउँबाट करिब १०–१२ मिटर दक्षिणमा कोल्टे परेको अवस्थामा यादवको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।
हाल इलाका प्रहरी कार्यालय रङ्गेलीबाट प्रहरी नायब उपरीक्षक सहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । घटना शंकास्पद देखिएकाले अनुसन्धान प्रभावकारी बनाउन धरानबाट तालिम प्राप्त कुकुर समेत मगाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0