Monday, June 15News That Matters

प्रहरी कार्यालयमा लघुवित्त ज्याजदी बिरुद्ध संघर्ष समितिको धर्ना : दुवै पक्षबीच बार्ता सुरु

पूर्णपुष्टि,जेष्ठ ८ । लघुवित्त संस्थाको ज्यादजती विरुद्धको संहर्ष समितिले जिल्ला प्रहरी कार्यालय उदयपुर घेराउ गरको छ । आईतवार जीवन विकास लघुवित्त संस्था र संर्घष समिति बीच भएको एक आपसको विवादको क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो ।

हामीले समाचार तयार पार्दा सम्म यी दुवै पक्षहरु प्रहरी कार्यालय परिसरमा बार्ता गरिरहेको छ । वार्तामा लघुवित्त तर्फ ११ जना र संघर्ष समितिका तर्फबाट ११ जनाको टोली बार्तामा जुटिरहेको त्रियुगा नगरका संघर्ष समितिका अध्यक्ष तबिता राईले जनाइन् । राईका अनुसार जीवन लघुवित्तका सि.इ.ओ.पनि गाईघाट आएको जनाइन् ।

आईतवार गाईघाटको बैंक लाइनमा अवस्थित जीवन विकास लघुवित्त वित्तिय संस्था परिसरमा प्रहरी बिच झडप भएको थियो । उक्त झडपमा पूर्वको झापा, मोरङ, सिरहा र सप्तरीबाट प्रदर्शनकारीहरु सहभागिता रहेको जनाएको छ ।