
पूर्णपुष्टि, फागुन २७ । सप्तरीको राजविराजमा एक प्रहरी जवानले दिउँसै रक्सीको नशामा सडकमा हंगामा गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले रक्सीको नशामा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि हंगामा गरेका हुन् ।
रायले हंगामा गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । जवान राय रक्सीको नशामा सर्ट फुकालेर अर्धनग्न भएर स्थानियसँग वावविवाद गरिरकेका छन् । हातमा डण्टा लिएर यताउत्ता दौडिरहेको छन् ।
स्थानीयका अनुसार (हिजो) शुक्रबार बेलुका ५ बजेतिर रक्सीको नशामै सडकमा सवारी चेकजाँच गर्न थालेका थिए । त्यस क्रममा गालीगलौज गर्न थालेपछि स्थानीयले उनलाई रोकेका थिए । उनले गरेको हर्कत हेर्नलाई त्याहा भिड नै जम्मा भएको थियो । उनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले आचरण विपरीत काम गरेकाले उनलाई निलम्बन गर्न लागेको बताए ।
